काठमाडौं। अर्थमन्त्री प्रकाशसरण महतले अब अटोमोबाइल व्यवसायीहरूले विद्युतीय सवारी साधनहरूको उत्पादन र बिक्रीमा ध्यान दिनुपर्ने बताए।
नाडा अटोमोबाइल एशोसियन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री महतले व्यवसायीहरुले विद्युतीय सवारी साधन उत्पादन गरी बिक्री वितरण गनुपर्ने सुझाव दिएका हुन्।
भेटमा अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरूका विषयमा छलफल भएको थियो।
नाडा अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे।
थापाले सवारी साधनहरूलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरूको निर्माण भइरहेको गुनासो गर्दै सवारी साधनहरूलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे।
प्रतिनिधिमण्डलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सह–कोषाध्यक्ष पंकज अग्रवाल, सुदुर–पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा सहभागि थिए।