काठमाडौं। सिन्धुपाल्चोकमा लिपिङ खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको १३२ केभी प्रसारणलाइन निर्माण हुने भएको हो।
उकत प्रसारणलाइन भोटेकोसी गाउँपालिका निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सोही गाउँपालिकामा रहेको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाको स्वीचयार्डसम्म निर्माण गरिने गाउँपालिकाले जनाएको छ।
सो आयोजना हिम रिभर पावर प्रालिले निर्माण गर्न लागेको हो। उक्त प्रसारणलाइन १३२००० भोल्ट क्षमताको छ। जसले १६.२६ मेगावाटसम्मको विद्युत प्रसारण गर्न सक्छ। सो प्रसारणलाइनमा १४ किलोमिटरको हुनेछ जसमा ३७ वटा टावरहरु निर्माण गरिनेछन्। यो प्रसारणलाइन निर्माण १६ महिनामा सक्ने लक्ष्य छ।
विद्युत विकास विभागले सूचना निकालेर प्रसारणलाइन निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित रायरसुझाव पेस गर्न आग्रह गरेको छ।