काठमाडौं। माई खोला हाइड्रोपावरले बैशाख ८ गतेदेखि आइपीओ खुलाउने भएको छ। हाइड्रोपावरले बैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधरणालाई आइपीओ खुलाउने भएको हो।
सर्वसाधरणलाई १२ लाख ६९ हजार ४११ कित्ता प्राथमिक सेयर जारी हुँदैछ। आइपीओमा ५० हजार कित्तासम्म आवेदन दिन पाइन्छ।
कम्पनीले कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गर्दैछ जसमध्ये ७६ हजार २७१ कित्ता म्युचुअल फण्डलाई छुट्याएको छ। यसैगरी ३० हजार ५८८ कित्ता कर्मचारीलाई बाँडफाँट गरेको छ।