काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार बुधबार बसेको बैंकर्स संघको बैठकले वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झार्ने निर्णय गरेकाे छ।
नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत, संस्थागत निक्षेपमा ७.९९ प्रतिशत कायम गरिएको छ ।
वैशाखबाट बैंक तथा वित्तीय संस्थाले साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । निक्षेपको ब्याजदर घटाइएकाले अब कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्नेछ ।
उक्त ब्याजदर १ वैशाख शुक्रबारबाट लागु हुनेछ ।