कालीकोट । भदौ ३१ गते कालीकोटको जील्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कर्णाली प्रदेश सरकार सामानजीक बिकास मन्त्रालयले बजेट व्यवस्था गरिसकेपछि सो अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्ट कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही द्धारा उद्घाटन गरिएको हो । उद्घाटन गर्दै शाहीले अब अक्सिजनको अभाका कारण कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनु भयो ।
अस्पतालको भौतिक संरचनासमेत सुधार भइरहेको र अब जनशक्तिका साथै अन्य आवस्यकता अनुसारका उपकरणहरु जडान गर्न प्रदेश सरकार तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालका अनुसार अक्सिजन उत्पादनका लागी युएनडीपीले ६२.५ के भीको जेनेरेटर सहयोग गरेको छ । कोरोनाका बिरामीको उपचार गर्नको लागी अक्सिजन अनिवार्य भएको कालीकोटका स्वास्थ्य सेवा कार्यालय निमित्त डा. रत्नवीर सुनारले बताउनु भयो ।
कोरोनाका बिरामिलाई नियमित अक्सिजन दिनुपर्ने भएता पनि अक्सिजनको अभाबका कारण कालीकोटबाट जुम्लालगाएतका अन्य अस्पतालमा पठाउनु पर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै उहाँले भन्नु भयो अब अस्पतालमा नै २४ घण्टामा ४० वटा सिलिन्डर अक्सिजन उत्पादन हुने भएको छ । विधुतको अभावको कारणले गर्दा अस्पतालमा जेनेरेटरबाट अक्सिजन उत्पादन गर्नुपर्ने भएकोले गर्दा आवस्यकता अनुसार मात्र अक्सिजन उत्पादन गरिने बताइएको छ ।