चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक तीन तले घरबाट खसेकाे अवस्थामा फेला परेका छन्। ३९ वर्षिय शम्भु भनिने दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेल परेका हुन् ।
बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएका थापाकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।
थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।