काठमाडौं। मेन्छियाम हाइड्रोपावर लिमिटेडले आजबाट आम सर्वसाधारणलाई साधारण सेयर बिक्री खुला गरेको छ। कम्पनीले वैशाख ७ गतेसम्म सेयर निष्कासन गर्ने भएको हो।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा गएका र प्रभावित क्षेत्रका बासिन्दालाई सेयर बाडफाँट गरिसकेको छ। कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशत सेयर जारी गर्न छुट्याएको छ।
आयोजना प्रभावितलाई छुट्याइएको ५ लाख ४२ हजार ५८३ कित्ता सेयरमध्ये ५ लाख ५ हजार ७८० कित्ता बिक्री गरेको छ। रोजगारीमा गएकाहरुलाई १० लाख ८५ हजार १६७ कित्ता छुट्याएकोमा एक लाख ८ हजार ५१७ कित्ता बिक्री गरेको छ।
यसबाहेक लगानी कोष र कर्मचारीलाई पनि वितरण गरेको छ। सबैलाई बाँडफाँटपछि उब्रिएको ९ लाख ३४ हजार ९१५ कित्ता बिक्री खुला गरेको हो।