काठमाडौं। थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सेयर जारी गर्ने भएको छ। आयोजनो प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई साधारण सेयर जारी गर्ने भएको हो।
कम्पनीले आयोजना प्रभावित र रोजगारीमा गएकाहरुलाई वैशाख ११ गतेदेखि २५ गतेसम्म सेयर जारी गर्ने भएको छ।
कम्पनीको जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँ छ। त्यसको २५ प्रतिशत सेयर आमसर्वसाधारणलाई जारी गर्न लागेको हो। आम सर्वसाधारणभित्रैबाट आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि दिइने छ।
आयोजना प्रभावितले न्यूनतम १० कित्ता र अधिकतम ४ लाख ९२ हजार ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन्।