काठमाडौं। कपन क्षेत्रमा डुबानको समस्या समाधान गर्न अध्ययन गर्न थालिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन सुरु गरेको हो।
प्राधिकरणले धोबीखोला कोरिडोर आयोजनालाई धोबीखोला कोरिडोर तथा कपन बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको छ।
कपन–बुढानीलकण्ठ क्षेत्रमा अध्ययन सुरु भए पनि आवश्यक निर्माणको काम भने आगामी आर्थिक वर्षमा मात्रै हुने आयोजनाले जनाएको छ । चालु आवमा निर्माणका लागि बजेट विनियोजन भइसकेको छैन । गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो ।