काठमाडौं। महोत्तरी गौशालामा अत्याधुनिक सुविधासम्पन्न सामुदायीक अस्पतालको शिलान्यास गरेका छन्। सोमबार एक समारोहकाबीच नगरप्रमुख डा दिपेन्द्र महतोले सो अस्पतालको शिलान्यास गरेका हुन्।
अस्पताल १५ शय्याको रहेको छ। प्राथामिक स्वास्थ्य उपचार केन्द्र गौशालालाई स्तरोन्नति गर्नका लागि संघीय सरकारको बजेटमार्फत सो भवन निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ। भवन निर्माण दुई वर्षभित्रमा सम्पन्न हुने बताइएको छ।
१२ करोड ४९ लाख ७९ हजार ३१ रुपैयाँको लागतमा निर्माण हुने सो अस्पतालको भवन बनाउनका लागि नमुना कन्ट्रक्सन प्रालि विराटनगरले ठेक्का लिएका हुन्।