रौतहट। अपि पावर लिमिटेडले ४ मेगावाटको सौर्य ऊर्जाबाट रौतहटमा पहिलोपटक ब्यवसायिक विधुत उत्पादमा सुरु गरेको छ । यस कम्पनीले सञ्चालनमा ल्याएको सौर्य विधुत आयोजनाले उत्पादन सुरु गरी चन्द्रपुरस्थित नेपाल विधुत प्राधिकरणको सबस्टेशनमा ३३ केभी प्रसारण लाइन जोडिइसकेको छ ।
अपि पावर कम्पनी लिमिटेडको यो आयोजनाले महिनामा ५ लाख युनिटसम्म विधुत उत्पादन गर्न सक्छ । यस आयोजनाको डिजाइन, निर्माण, जडान, उपकरण आयात आदी काम कुसल प्रोजेक्टस नेपाल कम्पनीले गरेको छ । ४ सय वाटको ११ हजार १ सय १२ वटा सौर्य प्यानल चन्द्रपुरस्थित रहेको १२ विगाहा जमिनमा जडान गरी आयोजनाले उत्पादन सुरु गरेको छ ।
यस आयोजनाबाट उत्पादन भएको विधुत २५ वर्षसम्म युनिटको ७ रुपैयाँ ३० पैसाको दरले नेपाल विधुत प्राधिकरणले खरिद गर्ने सम्झौता गरेको छ । सौर्य ऊर्जाबाट विधुत उत्पादन भएमा त्यस क्षेत्रमा विजुलिको लाइन जाने समस्या कम हुने विश्वास त्यहाँको स्थानीयको रहेको छ । सौर्य ऊर्जाले स्थानीयलाई पनि त्यतातिर ध्यानाकर्षण गराउन सकिने विश्वास रहेको छ । यस क्षेत्रमा जलविधुत आयोजना निर्माण गरी विजुलि उत्पादन गर्न सम्भावना कम भएता पनि सौर्य ऊर्जाबाट विधुत उत्पादन गर्ने सम्भावना धेरै रहेको छ ।