काठमाडौं। काभ्रेमा १३२/११ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर बनेपा नगरपालिका–५ ओपीमा बन्ने सबस्टेसनका लागि अधिग्रहण प्रक्रिया अघि बढाएको हो। सूचनामा २० दिनभित्र सरोकारवाला व्यक्तिहरुले घर, टहरा भए सो समेतको मुआब्जा दाबी गर्न रितपूर्वक निवेदन दिन आग्रह गरिएको छ।
तोकिएको समयमा निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने उल्लेख छ। १६ जना व्यक्तिको नाममा रहेको १४ वटा कित्ता जग्गा अधिग्रहण गर्न लागिएको छ।
आगामी ३० वर्षसम्मको काभ्रेको मागलाई सम्बोधन गर्न सबस्टेसन निर्माण गर्न लागिएको हो। पूर्वाधारको अभावमा भविष्यमा लोडसेडिङ गर्नुपर्ने अवस्थाको अन्त्य सबस्टेसन निर्माण गर्न लागिएको हो।
काठमाडौं,ललितपुर,भक्तपुर र काभ्रेमा थप भरपर्दो विद्युत आपूर्ति तथा आकस्मिक विद्युत विच्छेद हुने समस्या समाधान गर्ने योजनामा काम गरिरहेको छ। उपत्यकाभित्रका ६६ केभी, १३२ केभी र २२० केभी प्रसारणलाइन तथा सबस्टेसनहरुमा संरचनागत सुधार, स्तरोन्नति तथा विस्तार गर्न लागिएको छ। उपत्यकामा मात्रै प्राधिकरणले ६० अर्ब रुपैयाँ खर्चेर प्रणाली सुधार गर्दैछ। विजमाण्डूबाट