काठमाडौं। घोराही सिमेन्टले आइपीओ निष्कासन गर्ने भएको छ। सिमेन्टले ४३५ रुपैयाँमा आइपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीलाई ३३५ रुपैयाँको प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। उक्त कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आइपीओ जारी गर्ने स्विकृति पाएको छ। जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितले पाउने छन्। उनीहरुलाई ४०० रुपैयाँ मै आइपीओ निष्कासन हुनेछ।
बाँकी ७५ लाख ४६ हजार ६११ कित्तामा सर्वासाधारणले आवेदन दिन सक्नेछन्। सर्वासाधारणलाई भने कम्पनीले ४३५ रुपैयाँमा आइपीओ निष्कासन गर्नेछ।
घोराही सिमेन्टले कुल ३ अर्ब ४४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने अनुमति पाएको हो।