काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य थप गरेको छ। आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा.रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो।
नवनियुक्त सदस्यहरूमध्ये पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गरिसकेका छन् भने बुढाथोकी काठमाडौंबाहिर रहेकाले शपथ ग्रहण बाँकी छ । सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।
थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।