काठमाडौं। बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको भवन निर्माण सम्पन्न भएको छ। सो क्याम्पसको भवन निर्माण सम्झौता गरिएको समयमै निर्माण सम्पन्न गरिएको हो।
उक्त भवन निर्माण गर्न २०७९ कात्तिक ४ गते उत्तरगंगा निर्माण सेवासँग ९५ लाख ८५ हजार ४१२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। भवन विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा निर्माण गरिएको हो। ५ कोठेको १ तले भवनमा २ वटा शौचालय पनि छन्।
विक्रम संवत् २०७९ चैत २५ गतेसम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले चैत २२ गते नै हस्तान्तरण गरेको क्याम्पसले जनाएको छ।
एमएड, बीआईसीटी र बीबीएको कक्षा सञ्चालन गर्न क्याम्पसले ४ करोड ३३ लाख लागत अनुमानसहित ४ तले भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको छ । क्रमागत योजनाअन्तर्गत आगामी आर्थिक वर्षका लागि आयोगमा थप १ करोड ८७ लाख बजेट प्रस्ताव गरिएको छ ।