काठमाडौं। रुकुमपश्चिममा नहर निर्माण सम्पन्न भएको छ। ३८ वर्षअघि बनाउन सुरु गरिएको नहरको निर्माण सम्पन्न भएको हो।
जिल्लाको आठबिसकोट नगरपालिका –११ मा ७.५ किलोमिटर लम्बाइको गिजागार–डाँडागाउँ सिँचाइ आयोजना ३८ वर्षपछि निर्माण सम्पन्न भएको हो। उक्त नहर निर्माण वि.सं. २०४२ मा निर्माण सुरु भएको थियो। निर्माण सुरु भएपनि सम्पन्न नहुँदा दुखी भएका स्थानीय नहर निर्माण भएपछि खुशी भएका छन्।
वर्षौंसम्म अधुरो रहेको कुलो निर्माण सम्पन्न भएर पानी आउँदा गाउँवासीमा खुसियाली छाएको स्थानीयले बताए। नहर निर्माण भएर पानी आउन सुरु भएपछि सिँचाई गर्न सहज भएको र अब खेतियोग्य जमिन बाजै नरहने उनिहरुले बताए।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय रुकुमपश्चिमले तत्कालीन जिल्ला सिँचाइ आयोजनाअन्तर्गत टार सिँचाइ कार्यालय चौरजहारीमार्फत काम सुरु भएको जनाएको छ । कार्यालयले करिब छ करोड लगानीमा सिँचाइ नहर सम्पन्न भएको जनाएको छ। उक्त नहरले ८५ हेक्टर जमिनमा सिँचाइ सुविधा दिने बताइएको छ ।
प्राविधिक सहायक ओलीले सिँचाइ कुलोबाट करिब छ सय घरपरिवार लाभान्वित हुने बताइएको छ।