रुपन्देही। लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माण गरिने भएको छ।
प्रशासनिक भवन निर्माणका लागि दोस्रो स्थानीय तहको चुनावबाट निर्वाचित भएर आएका नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानसहितको टोलीले पहिलो चरणको काम सुरु गरेको हो।
भवन निर्माणका लागि नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन लगायत अन्य जनप्रतिनिधी, कर्मचारीले पहल गर्दै आएका थिए भने केही महिना अघि जग्गाको समेत टुंगो लागिसकेको छ।
नगरपालिकाको वडा न.३ स्थित लंकारपुरदेखि क्युटेलिय जाने बाटोको पूर्वतर्फ प्रशासनिक भवनको लागि जग्गा प्रस्ताव गरिएको छ।
भवनका लागि प्रस्तावित जग्गाको आईतबार नगरपालिकाका मेयर मुसलमान, वडा न.३ का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमान, ईन्जिनियर आशिष यादव, अमिन, पत्रकार लगायत स्थानीयको रोवरमा नापजाँच गरिएको नगरपालिकाले जनाएको छ ।
डिपिआर निर्माणका लागि पहिलो चरणको जग्गा रेखांङकन र क्षेत्र नापिएको हो ।क्षेत्रिय सहकारी विकास तथा एडवीको सहयोग तथा समन्वयमा पालिकाको आफ्नै सार्वजनिक जग्गामा भवन निर्माणको कार्यलाई अघि बढाउने निर्णय भएको छ ।