काठमाडौं। मोदी ईनर्जीले सर्वसाधारणका लागि जारी गर्ने सेयर संख्या घटेको छ। कम्पनीले अघिल्लो सूचना सच्याउँदै अब सर्वसाधारणलाई ५५ लाख ५९ हजार ४२० कित्ता निष्कासन गर्ने सोमबार जनाएको छ।
यसअघि उक्त जलविद्युत कम्पनीले सर्वसाधारणलाई ५९ लाख ९४ हजार ४२० कित्ता सेयर बिक्री गर्ने सूचना प्रकाशित गरेको थियो। असल जारी गर्ने सेयर संख्याभन्दा प्रकाशित विवरणमा बढी भएपछि कम्पनीले सच्याएको हो।
कम्पनीले वैशाख १९ गतेदेखि जारी गर्ने सेयरका लागि वैशाख २४ गतेसम्म आवेदन दिन सकिन्छ।