काठमाडौं। माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधरणलाई १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो।
आइपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन पाइन्छ। कम्पनीले ३ मेगावाटको सुपर माई क्यासकेड आयोजना निर्माण गर्दैछ। आयोजनाको कुल लागत ६१ करोड १३ लाख रुपैयाँ अनुमान गरेको छ। जस अनुसार प्रति मेगावाट लागत २० करोड ३७ लाख रुपैयाँ हुन आउँछ।