वीरगन्ज। वीरगन्जमा मानव सेवा आश्रमको भवन निर्माण सुरु भएको छ। मानव सेवा आश्रमको भवन निर्माण सोमबारदेखि सुरु भएको हो।
उक्त भवनको शिलान्यास एक वर्ष पहिले नै तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए। सोही भवन सोमबारबाट निर्माणको काम सुरु गरिएको हो। वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा उपलब्ध गराएको १८ कठ्ठा जग्गामा सो भवन निर्माण हुने भएको छ।
सोमबार मधेस विश्व विद्यालयका उपकुलपति एवं मानव सेवा आश्रम वीरगन्ज शाखाका संरक्षक डाक्टर दिपक शाक्यले हिन्दुधर्मको रितिरिवाज अनुसार पूजापाठ गरेपछि भवन निर्माण कार्य सुरु गरिएको हो।
करिब १५ करोड रुपैयाँको लागतमा वीरगन्जमा करिब २ सयभन्दा बढीलाई राख्न सकिने छ। भवन निर्माणका लागि महानगरपालिकाले १८ कठ्ठा जग्गाका साथै २५ लाख रुपैयाँ उपलब्ध गराएको छ।
मधेस प्रदेश सरकारले ७५ लाख रुपैयाँ र मुख्यमन्त्री कार्यालयले छुट्टै ४० लाख रुपैयाँ उपलब्ध गराएको बताइएको छ।