बाँके। नेपालगञ्जको जमूनाह नाकामा निर्माणाधिन एकीकृत जाँच चौकी निर्माण भइरहेको छ। एकीकृत जाँचचौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको हो।
उक्त एकीकृत जाच चौकि नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले निर्माण कार्य गर्ने हो, लगानी, प्राविधिक पाटो र निर्माण ब्यवसायी भारतले नै छनौट गरेको बताइएको छ।
यही मे महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि अबको डेढ महिनाभित्र निर्माण कार्य पूरा हुने जनाएको छ। एकीकृत जाँच चौकीभित्र वयेरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर रेष्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य धमाधम भइरहेको छ ।
एकीकृत जाँचचौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० विघा जग्गा अधिग्रहण गरी तारबार गरेको भए पनि दुबैतर्फको निर्माण कार्य भने अढाई बर्षअघि मात्रै सुरु भएको हो ।