काठमाडौं। सिटी होटलको आइपीओमा आजदेखि आवेदन खुलेको छ। कम्पनीले वैशाख २८ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुलाएको हो।
सर्वसाधारणले १३ लाख ५५ हजार ९४० कित्तामा आवेदन दिन पाउनेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्म आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ।
परियोजनाले ११.१ वर्षमा सर्वसाधरणको लगानी फिर्ता गर्ने जनाएको छ, नभए डिस्काउन्टेड अवधि १५ वर्ष तोकेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत सेयर सर्वसाधरणलाई जारी गर्दैछ। जसमध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारले पाइसकेका छन्।
त्यसैगरी ८३ हजार ७ साय कित्ता म्युचुअल फण्ड र ६६ हजार ९६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी सर्वसाधारणका लागि निष्कासन गरेको हो।