काठमाडौं। सहरी विकास मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रका सचिव साटफेर भएका छन्। मन्त्रीपरिषदको मंगलबार बसेको बैठकले राष्ट्रिय सतर्कता केन्द्रमा सचिव रहेका रविन्द्रनाथ श्रेष्ठलाई सहरी विकास मन्त्रालयमा सरुवा गरेको हो।
मन्त्रालयका सचिव सुरेश आचार्यलाई भने राष्ट्रिय सतर्कता केन्द्र पठाइएको छ।
सचिव श्रेष्ठले सहरी विकास मन्त्रालय सरुवा भएको पुष्टी गरेका छन्। उनले, ‘पहिले पहिले त सरुवा हुँदा धेरै हल्ला हुन्थ्यो। यसपाली त मैले नै थाहा नपाई भयो। मेरो सरुवामा नामै थिएन। यसले गर्न सक्छ भनेर नै सहरी विकास मन्त्रालय लगिएको होला।’
सरकारले गृह सचिव विनोद सिंहलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सरुवा गरेको छ भने गृह सचिवमा दिनेश भट्टराई ल्याएको छ।