काठमाडौं। शिवम् सिमेन्ट्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब ३२ करोड खुद नाफा कमाएको छ। चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा शिवम् सिमेन्टले ३१ करोड ९९ लाखभन्दा बढी खुद नाफा कमाएको हो।
कम्पनीले गत वर्षको यस अवधिसम्म ६५ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको थियो। कम्पनीले यस वर्ष ५१ प्रतिशतभन्दा कम खुद नाफा गरेको हो ।
यस वर्ष कमपनीको कुल आम्दानी करिब २१ प्रतिशत कम भएकाले खुद नाफामा असर परेको हो। गत वर्ष रू। ७ अर्ब २९ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ५ अर्ब ७८ करोडभन्दा बढी यो आम्दानी गरेको हो ।
कम्पनीको कुल खर्च गत वर्षभन्दा करिब १६ प्रतिशत कम भएको छ । गत वर्ष ६ अर्ब ५१ करोडभन्दा बढी कुल खर्च रहेको कम्पनीको यस वर्ष ५ अर्ब ४७ करोडभन्दा बढी कुल खर्च भएको हो ।