काठमाडौं। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आजबाट साधारण सेयर जारी गरेको छ।
कम्पनीले जेठ १६ गतेसम्म सेयर जारी गर्ने छ। १०० रुपैयाँ अंकित दरका सेयरमा प्रभावितले बढीमा एक लाख र रोजगारीमा गएकाले बढीमा ५० हजार कित्तासम्म आवेदन दिन सक्छन्।
कम्तीमा १० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ। कम्पनीको जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत सेयर जारी गर्ने छ। कम्पनीको कुल लागत ५० करोड ४८ लाख रुपैयाँ छ। प्रति मेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ अनुमान गरिएको छ।