काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका बैंकहरूका कर्जा दुरूपयोग भएको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सिमित व्यक्तिले बैंक कर्जाको दुरुपयोग गरेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जाले उत्पादकत्व र रोजगारी वृद्धि गर्न नसकेके बताउँदै ठूलो मात्रामा कर्जा देशका केही सीमित व्यक्तिले मात्र प्रयोग गरेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सुरूदेखि नै मौद्रिक नीति र वित्तिय नीति बीचमा उत्पन्न समस्या समाधान गर्न प्रयासरत रहेको बताए।