चितवन। चितवनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेको छ। अघोसीत रुपमा भएको लोडसेडिङका कारण स्थानीयले समस्याा झेल्नु परेको छ। पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो।
विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको छ । चितवनमा पछिल्लो केही दिन यता दिनमा लामो समय लोडसेडिङ हुने र बिहान बेलुका झ्याप झ्याप विद्युत् आउने जाने गरेको छ । जसले गर्दा औद्योगिक क्षेत्रमा समस्या भएको छ भने गर्मीको समयमा सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।
अहिले भरतपुर क्षेत्रका सडकहरु छ लेन बनाउने क्रममा तार भूमिगत सँगै पोलहरु सार्ने काम धमाधम भएकोले दैनिक विद्युत् कटौंती भएको विद्युत् प्रधिकरण भरतपुर बितरण केन्द्रले जनाएको छ। ‘सधै एकै क्षेत्रको विद्युत् कटौती गरिएको छैन । हामीले क्षेत्र छुट्याएर दैनिक विद्युत् कटौंती गरेका छौँ र पोल सार्ने सँगै तार भूमिगत गर्ने काम गरेका छौँ’, विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ। कार्यालयका अनुसार अहिले जिल्लामा ३० देखि ४० मेगावाट बिजुली आवश्यक रहेको छ । त्यस्तै दिउँसोमा पोल सार्न विद्युत काटिए पनि बिहान बेलुका ओभर लोड भएर विद्युत सर्टडाउन हुँदा लोडसेडिङ भएको हो ।