काठमाडौं। लामो दूरीको सवारी भाडा घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो।
निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको छ।
डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.१९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४.६५ प्रतिशतले भाडा घटेको छ।
इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ ।