काठमाडौं। सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको हो।
शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको अहिलेसम्ममा ७० प्रतिशत काम सम्पन्न भएको छ। पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने बताइएको छ। उक्त परियोजना कोभीडको कारण सञ्चालनमा आउन ढिलाई भएको हो।
इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको छ । परियोजना निर्माणमा रु ४० करोड लगानी भइसकेको बताइएको छ।
सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड शेयरदाताहरूबाट लगानी गरिएको बताइएको छ। सो परियोजनाको कूल लागत रु ७९ करोड रहने छ।
आगामी असोज १ गतेदेखि व्यावसायिकरूपमा सौर्य विद्युत् उत्पादन सुरु गरिने बताइएको छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई प्रतियुनिट सात रुपैया ३० पैसाका दरले बिक्री गर्नेगरी सम्झौता भइसकेको छ ।