कैलाली। धनगढी उपमहानगरपालिका–३ कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया सुरु भएको छ ।धनगढी उपमहानगरपालिकाको समन्वयमा नगर विकास कोषले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
बसपार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि सर्भे गरिएको छ। १६ हेक्टर क्षेत्रफलमा बसपार्क प्रस्ताव गरिएको छ । सो जग्गाको भोगाधिकार प्राप्तिका लागि फाइल पनि अगाडि बढाइएको छ । राष्ट्रिय वन क्षेत्रको नाङ्गो जग्गा रहेका कारणले त्यसको भोगाधिकार आवश्यक परेको जनाइएको छ ।
सोही स्थानमा वडा प्रहरी कार्यालय निर्माणको प्रस्ताव पनि गरिएको छ । यसैगरी, अर्कोतिर खेलमैदानका लागि पनि जग्गा छुट्टाइएको छ ।