बागलुङ। बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा वृद्धाश्रम निर्मााण सम्पन्न गरिएको छ। सुविधासम्पन्न अत्याधुनिक वृद्धाश्रम निर्माण सम्पन्न गरिएको हो।
उक्त वृद्धाश्रम निर्माणाधीन मानवसेवा आश्रम भवन नजिकै निर्माण सम्पन्न गरिएको छ। नगरपालिकाको समन्वय तथा राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयको विशेष अनुदानमा वृद्धाश्रम निर्माण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिका र जुम्ली निर्माण सेवाबीच रु दुई करोड ५७ लाख ९० हजारमा ठेक्का सम्झौता गरेर भवन निर्माण सम्पन गरिएको हो।
नगरपालिकाले हेला होचोमा परेका वृद्धवृद्धा, परिवारका सदस्यबाट बहिष्कारमा परेका, स्याहारसुसार नपाएकालाई घरमा जस्तै सेवा सुविधासहित आश्रय दिन निर्माण गर्ने योजनाअनुसार वृद्धाश्रम निर्माण गरिएको बताइएको छ।