काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावरले वैदेशिक रोजगारमा गएका नेपाली र आयोजना प्रभावितलाई जेठ १९ गतेदेखि प्राथमिक सेयर (आइपीओ) बिक्री गर्ने भएको छ।
असार ३ गतेसम्म आवेदन पेश गर्न मिल्ने कम्पनीले जनाएको छ। स्थानियबाट पर्याप्त आवेदन नआए असार १७ गतेसम्म म्याद थप्नेछ।
स्थानियले एक लाख २१ हजार ८६८ कित्तामा आवेदन दिन सक्नेछन्। दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–९ र भिमेश्वर नगरपालिका-१ का बासिन्दाले आइपीओ पाउनेछन्।
त्यसैगरी वैदेशिक रोजगारीमा गएकालाई १२ हजार १८६ कित्ता छुट्याएको छ। न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन पेश गर्न मिल्छ।
कम्पनीले ०.९९८ मेगावाटको सुष्पा बुखरी खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको कुल लागत २४ करोड ७५ लाख रुपैयाँ अनुमान गरेको छ। तर, प्रति मेगावाट लागत २४ करोड ८० लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ।