अछाम। नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी भक्त बहादुर ठकुल्लाले अव्यस्थीत सडक निर्माण गर्दा पुर्णरुपमा घर भत्किएका परिवारलाई आर्थिक सहयोग गरेका छन्।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भाटाकाटियाको पुदुमा सेरा सलिडाडा चात्रा सडक निर्माणका क्रममा स्थानीय जवा रोकायाको घर पूर्ण रूपमा भत्किएको थियो। सडक निर्माणका क्रममा भत्किएको घर बनाइदिन्छु भन्दै सडक निर्माण समितिले विभिन्न सरोकारवालको हस्ताक्षर समेत सम्झौता गरेको थियो।तर हालसम्म पीडित परिवारको घर निर्माण हुन सकेको छैन।
पीडीतको घर निर्माणको लागि काँग्रेस अछाम काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष तथा युवा नेता भक्त बहादुर ठकुल्लाले ५१ हजार १ सय ५५ रुपयौँ सहयोग गरेका हुन्। यसैगरी पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै उनले घर बनाउन राहत होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताएका छन्।