काठमाडौं। दोलखाको गौरीशंकरमा लोवर खानी–बी जलविद्युत आयोजना निर्माण हुने भएको छ। कोप्लाङ इनर्जी हाइड्रोपावर प्रालिले ६.२ मेगावाटको लोवर खानी–बी जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।
विद्युत विकास विभागले सूचना जारी गर्दै आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव पेस गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ।
आयोजनाको मुख्य संरचनाहरु खानी खोलाको बायाँ किनारमा पर्दछन्। खानी खोलामा बाँधबाधी खोलाको बायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु ग्राभल ट्रयाप, सेल्टलिङ बेसिन, फोर बे, पेनस्टक पाइप हुदै विद्युत गृहमा लगिनेछ।
उत्पादित विद्युतलाई १८ किलोमिटर लम्बाइमा रहेको नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।