बैतडी। बैतडीमा आजदेखि १० दिनका लागि विद्युत सेवा अवरुद्ध भएको छ। आजदेखि जेठ २० गते सम्म दैनिक बिहान ६ देखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति बन्द हुने भएको हो।
उक्त स्थानमा ३३ र ११ केभी प्रशारण लाइनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिन्न क्षेत्रमा जेठ १० गतेदेखि २० गतेसम्म विद्युत सेवा अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ।
२० गते अगावै छेकान कार्य सम्पन्न भइहाले जुनसुकै समयमा पनि बत्ती आउने केन्द्रले बताएको छ।