पर्वत । पर्वतको फलेवास नगरपालिकामा ९ वटा वडा कार्यालयका सुविधासम्पन्न भवन निर्माण भएका छन् । नगरका ११ वटा वडामध्ये ९ वटा वडाले सुविधासम्पन्न भवन निर्माण गरेका हुन् ।
थप २ वटा वडाको भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ । ग्रामीण क्षेत्रमा रहेको यो नगरपालिका स्थापना हुँदा कार्यपालिका भवन र वडा कार्यालयहरू अधिकांश भाडा र केहि जीर्ण भवनमा संचालित थिए । तर, अहिले सबैजसो कार्यालयहरू सरकारी संरचनाबाटै सञ्चालनमा आएको नगरप्रमुख पदमपाणी शर्माले बताए ।
आफ्नो कार्याकालमा प्रमुख प्रशासकीय भवन र वडा कार्यालयहरू आफ्नै भवनमा सञ्चालन गर्ने लक्ष्यअनुसार अब २ वटा वडा कार्यालयको भवन शिलन्यास गर्न बाँकी रहेको उनले जानकारी दिए ।