काठमाडौं। दिपकराज गिरीले मौलीक कलाशैलीमा ३० वटा घर निर्माण गर्ने भएका छन्। उनले आफू जन्मिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ को दहचोकस्थित झिंगटी घर टोलमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माण गर्ने भएका हुन्।
उनी यी घरलाई ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउन चाहन्छन्। स्थानीयसँग मिलेर दीपकले नमुना गाउँ निर्माणको योजना अघि सारेको बताइएको छ। नगरपालिकाले कार्यविधि पास गरे भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढ्नेछ । आफूलाई पुरानो शैलीको घरहरु मन पर्ने भएकोले मौलीक शैलीको घरहरु निर्माण गर्न लागेको उनको भनाइ छ।