पर्वत। पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रसारण लाइनको काम अघि बढ्ने भएको छ। पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले चार वर्षदेखि रोकिएको काम अघि बढ्ने भएको हो।
जिल्ला समन्वय समितिमा भएको जनप्रतिनिधि र सरोकारवालाहरूको बैठकको निर्णयपछि प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने काम सञ्चालन भएको हो।
बैठकले स्थानीयवासीहरूले उठाएको विद्युत आपूर्तिसम्बन्धी मागको सुनुवाइ गर्ने र आयोजना निर्माणलाई गति दिने निर्णय गरेको आयोजनाले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणमार्फत ए(टू(जेड इञ्जिनियरिङले आठ करोड रूपैयाँमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो। सुरूआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण काम प्रभावित बनेको थियो।