सोलुखुम्बु।लिखुपिके गाउँपालिका १ नम्बर वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ। नवनिर्मित भवनको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा लगायत वडा अध्यक्षहरुले उद्घाटन गरेका हुन्।
भवनको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले वडा कार्यालयले अब सम्पूर्ण काम एउटै छानामुनिबाट गर्ने अवसर पाएको बताइन्। साथै उनले फरक तरिकाबाट गाउँपालिकालाई समृद्धिको बाटोमा लान आफू पूर्ण रुपमा लागि परेको र यसमा सबै जनप्रतिनिधि,कर्मचारी लगायत गाउँपालिका बासीहरुको साथ चाहिने बताइन्।
यस्तै, गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले अघिल्लो कार्यकालमा आफू वडा अध्यक्ष हुँदा झोलामा कार्यलय बोकेर हिँडेको पिडा जोड्दै अब वडाका कामकाज गर्न सहर्ज हुने बताए।