काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप गर्नुपर्ने आयोजनाहरुको विवरण पठाउन प्रदेश र जिल्ला संघलाई आग्रह गरेको छ।
आवश्यक विवरण बिना आयोजनाहरुको म्याद थप नहुने भएकाले जेठ मसान्तसम्ममा म्याद थप गर्नुपर्ने आयोजनाको विवरण महासंघमा पठाउन आग्रह गरेको हो।
हाल निर्माणाधीन अवस्थामा रहेका र विभिन्न कारणले समयमा काम पूरा हुन नसकेका आयोजनाहरुको म्याद थप गर्नका लागि सरकारका जिम्मेवार निकायबाट विवरण माग गरेकाले महासंघले आवश्यक आयोजनाको विवरण संकलन गरिरहेको छ।
यस्तो विवरणमा फम तथा कम्पनीको नाम, सम्झौता भएको कार्यालय, कामको विवरण, सम्झौता मिति, आवश्क पर्ने अवधि र म्याद थप गर्नुपर्ने कारण खुलाउनु पर्नेछ।
