काठमाडौं। ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । महानगरले स्तनपान कक्ष समेत रहने गरि पर्यटकको लागि शौचालय निर्माण सुरु गरेको हो।
उक्त शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरेका छन्। सो शौचालय
पुरातात्त्विक शैलीमा निर्माण गरिने बताइएको छ। शौचालय ६ महिनाभित्र निर्माण सम्पन्न भईसक्ने छ।
एक हजार ६६ वर्ग फिट क्षेत्रफलमा निर्माण हुने शौचालय पुरुषका लागि ६ वटा युरेनलसहितको ३ वटा र ६ वटा महिला शौचालय निर्माण हुनेछ । त्यसै गरी एउटा अपाङ्गतामैत्री शौचालय पनि निर्माण हुने महानगरले बताएको छ।