कालिकोट। कालिकोट जिल्लामा तिन देखि बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइन दुल्लु यताको लाइन अवरोध हुँदा बिद्युत् पुर्ण रुपमा बन्द भएको हो।
दैलेख खण्डमा एक पोल ढलेको बताइएको छ। शुक्रबार बिहान पाँच बजेबाट गएको बत्ती अझै आएको छैन । विद्युत वितरण केन्द्र कालिकोटका कुनै पनि फोन मोबाइलमा सम्पर्क हुन नसक्ने अवस्थामा छन् । तत्काल कहाँ कसरी हुन्छ छिटो बनाउन निर्देशन गरेको भए पनि त्यस यताको सूचना पाउन नसकेको बताइएको छ।
विद्युत नहुँदा जिल्लाका सञ्चार माध्य एफ।एम रेडियो बन्द भएका छन् । शुक्रबारको सरकारी सेवामा पनि अवरोध भएको खाँडा चक्र नगरपालिले बताएको छ।