कास्की। पोखराका मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्न सुरु गरिएको छ। पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटरचोक र विरौटाचोकमा ट्राफिक लाइट जडानको काम सुरु भएको हो।
पोखरा महानगरपालिकासँगको समन्वयमा सडक विभागले एक करोड ७० लाख रुपैयाँ लागतमा काम सुरु गरेको छ। जिरो किलोमिटरका ५ वटा सेक्सन, सृजनाचोकका ४ वटा सेक्सन, सभागृहचोकका ३ वटा सेक्सन, पृथ्वीचोकका ४ वटा सेक्सन र बिरौटा चोकका ५ वटा सेक्सनमा ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् ।
महानगरपालिका थप ५ वटा चोकहरूमा ट्राफिक संकेत लाइटहरू जडानका लागि टेन्डर आह्वानको प्रक्रियामा रहेको छ । चिप्लेढुंगा, हल्लनचोक, राष्ट्रबैकचोक, रत्नचोक र हेमजाको मिलनचोकमा पनि ट्राफिक संकेत लाइटहरू जडान गरिने छन् । महेन्द्रपुलमा भने जडान भैसकेको छ । सडकको लेन व्यवस्थापन पछि सञ्चालनमा आउने छ ।