काठमाडौं। कास्कीमा जलविद्युत आयोजना निर्माण हुने भएको छ। ४.५ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको हो।
निको इनर्जी प्रालिले माथिल्लो भुरुण्डी खोलामा बन्ने भुरुण्डी–ए जलविद्युत आयोजना निर्माणको अनुमतिपत्र मागेको छ। विद्युत विकास विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायरसुझाव पेस गर्न सरोकारवालालाई अनुरोध गरेको छ।
उक्त आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने भुरुण्डी खोलामा निर्माण हुनेछ। आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ।
उत्पादित विद्युत ऊर्जालाई ९.६ किलोमिटर ३३ केभी प्रसारणलाइन निर्माण गरेर १३२ र ३३ केभीको दुमुवा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ।