काठमाडौं। अपर लोहरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन तथा बिक्रीको अन्तिम स्वीकृति पाएको छ। कम्पनीले बोर्डमा आवेदन दिएको करिब ८ महिनापछि मंगलबार निष्कासनको अन्तिम स्वीकृति प्राप्त गरेको हो।
कम्पनीले गत असोज ३ गते सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो। कम्पनीले जारी पुँजीको ४९ प्रतिशत साधारण सेयर निष्कासनको अनुमति प्राप्त गरेको हो। कम्पनीको ५१ प्रतिशत पुँजी संस्थापक सेयरधनीहरुबाट नै चुक्ता भइसकेको छ।
बोर्डबाट निष्कासन अनुमति पाइसकेको यस कम्पनीले अबको केही समयमानै २४ करोड ९८ लाख ४ हजार बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्कासन गर्ने जनाएको छ।