बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको निर्माण सम्पन्न भएको छ। १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचना निर्माण सम्पन्न भएको हो।
म्याग्दी हाइड्रोपावर प्राली प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण थालेको छ । आयोजनाको विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ ।
बाँधबाट डिसेन्डरमा पानी हालेर परीक्षण थालिएको आयोजनाले बताएको छ। भौतिक संरचनाहरूको अवस्था ठिक भए नभएको पहिचान गर्न पानी हालेर परीक्षण गरिएको बताइएको छ।
अबको १५ दिनभित्र विद्युतको परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित भौतिक संरचनाको परीक्षणसँगै उपकरण जडान,प्रशारण लाइन र स्विचार्ड निर्माणलाई अन्तिम रुप दिन लागिएको हो।
कूल दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।