काठमाडौं। एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर जारी गर्ने भएको छ। आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा डाकेको हो।
कम्पनीले जारी पुँजीको २० प्रतिशत आइपीओ जारी गर्न प्रस्ताव गरेको हो। असार ८ गते सभा डाकेको हो।
एपेक्स मकालुले २२ मेगावाट जडित क्षमता भएको मिड हानगु खोला ए जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजना सोलुखुम्बु जिल्लामा छ।
आयोजनाको अनुमानित लागत ४ अर्ब ३६ करोड रुपैयाँ छ। १९ करोड ८१ लाख रुपैयाँ प्रति मेगावाट लागत हुने अनुमान छ।