काठमाडौं। रिडी पावर कम्पनी लिमिटेडले तल्लो बलेफी जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने भएको छ । कम्पनीले २० मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने भएको हो।
साझा पावर डेभलपमेन्ट कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको आयोजनामा लगानी गर्ने भएको हो। रिडी पावरले आयोजनामा लगानीको स्रोत जुटाउन हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
सय रुपैयाँमा अंकित ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बारबरको ७७ लाख ४४ हजार ५ सय ६ कित्ता सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर प्रस्ताव आगामी असार ८ गते हुने साधारणसभाले पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।