सर्लाही। बसबरीया गाउँपालिकाले वडा नम्बर १ का नागरिकलाई चुल्होसहित ग्यास सिलिण्डर वितरण गरेको छ। गाउँपालिकाले धुवाँमुक्त गाउँ अभियान अन्तर्गत विपन्न परिवारलाई सिलिण्डरसेट नै वितरण गरेको हो ।
गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप यी सामग्री वितरण गरेको जनाएको छ । दाउरा, गुईंठा, पराललगायतका इन्धन प्रयोग गरी खाना पकाउँदा त्यसबाट निस्केने धुँवाले स्वास्थ्यमा असर पर्ने भएकाले स्वस्थ स्वास्थ्यको लागि सिलिण्डर वितरण गरेको गाउँपालिकाका अध्यक्ष रामसिंहास रायले बताए ।
उनका अनुसार २ हजार ७ सय १५ सेट सिलिण्डर र चुल्हो खरिद गरी वितरण गरिएको हो । वडा नं १ का स्थानीयबाट आवश्यकताबमोजिम वडामा ग्यास र चुल्हो गरी ५३३ सेट माग गरिएको छ।