झापा। बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालाको स्तरोन्नतीका लागि ५० लाख बजेट विनियोजन गरिएको छ। रंगशाला स्तरोन्नती गर्नका लागि संघीय सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएको हो।
यस रंगशालामा नेपालकै प्रतिष्ठित र सबैभन्दा बढी दर्शकको उपस्थितिमा झापा गोल्डकप सञ्चालन हुँदै आएको छ।
हालसम्म सरकारले बजेट नछुट्याउँदा नीजि क्षेत्रबाट स्तरोन्नतरी गरिँदै आएको रंगशालाको यसपलि भने सरकारी बजेटबाटै स्तरोन्नती हुने भएको छ।
संघीय सरकारको ५० लाखले मैदान मर्मत, घेरबरा र अन्य काम गरिने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए। सो रंगशालामा झापा गोल्डकपलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै आएका छन् ।